परराष्ट्रमन्त्रीमा खड्का नियुक्त

0
Shares

 

काठमाडौं । परराष्ट्र मन्त्रीमा नेपाली कांग्रेसका नेता डा. नारायण खड्का नियुक्त हुनु भएको छ । सरकार बिस्तार गर्न नसकेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै पार्टीका नेता खड्कालाई मन्त्रीमा नियुक्त गर्नु भएको हो ।

खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइएको छ ।

शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालयले समय तोक्ने भएको छ । सत्ता गठबन्धनका नेताहरुको मंगलबार बसेको बैठकमा डा. खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको थियो ।