दुई करोड ठगी गरेर फरार थापा पक्राउ


काठमाडौं ।

दुई करोड ठगी गरेर फरार रहेका बुढानिलकण्ठ बस्ने कृष्ण बहादुर थापालाई अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

रबिन्द्र थापासंग पटक पटक गरी दुई करोड लिएका कृष्णबहादुर थापाले पैसा नभएको चेक दिएर रबीन्द्रलाई पटक पटक झुक्याएका थिए ।
पैसा नभएको चेक दिएर फरार भएका थापालाई उच्च अदालत पाटनले २ करोड जरिवाना र एक महिना कैदको फैसला गरेको थियो । अदालतको फैसलापछि लुकीछिपी बस्दै आएका थापालाई महाशाखाबाट खटिएको प्रहरी टोलीले बीरगन्जको पूर्णिमा चोकबाट पक्राउ गरेको थियो ।

पक्राउ परेका थापालाई फैसला कार्यान्वयनकालागि जिल्ला अदालत काठमाडौ बुझाएको महाशाखाले जानकारी दिएको छ ।