रूसको एक विश्वविद्यालयमा गोली चल्दा ८ जनाको मृत्यु



एजेन्सी ।

रूसको एक विश्वविद्यालयमा गोली चल्दा ८ जनाको मृत्यु भएको छ। रूसी समाचार संस्था तासका अनुसार पर्म स्टेट युनिभर्सिटीमा एक विद्यार्थीले गोली चलाएका हुन्।

गोली लागेर अहिलेसम्म ८ जनाको मृत्यु भएको अनुसन्धानकर्तालाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ।विद्यालयमा गोली चलेपछि विद्यार्थीहरूले कक्षाकोठाको झ्यालबाट हाम फालेको छन् ।

प्रतिक्रिया दिनुहोस्