औषधि र खोपको उत्पादनका लागि भारत सहकार्य गर्न इच्छुक


इन्डिया न्युज नेटवर्क ।

कोभिड –१९ बिरामीहरूको उपचारको लाग व्यापक औषधि र चिकित्सा प्रविधि विकास तथा खोप उत्पादन सम्बन्धमा भारत पूर्वी एसियाली राष्ट्रहरूसँग सहकार्य गर्न इच्छुक रहेको वाणिज्य तथा उद्योग राज्यमन्त्री अनुप्रिया पटेलले बताएकी छन् ।

वेबिनारमार्फत ९औं ईएएस–ईएमएम( (पूर्वी एसिया शिखर सम्मेलन–आर्थिक मन्त्रीहरूको बैठक) मा भाग लिँदै पटेलले बुधबार विश्वको ७० प्रतिशत खोप भारतमा उत्पादन हुने गरेको जानकारी दिइन् । ‘सस्तो मूल्यमा गुणस्तरीय औषधि र खोप उत्पादन गर्ने हाम्रो क्षमताले विश्वव्यापी मान्यता प्राप्त गरेको छ’ – उनले भनेकी छन् । यद्यपि, हिन्द–प्रशान्तमा व्यापार सम्झौताको प्रचुरताले समयको साथ ट्यारिफ दरहरूमा गिरावट आएको अवलोकन गर्दै उनले गैर टैरिफ उपायहरू एक प्रमुख व्यापार बाधक रहेको पनि बताएकी छन् ।

विश्वलाई अर्थपूर्ण साझेदारी, उन्नत प्राविधिक साझेदारी, खोप र औषधि उत्पादनमा सहयोग, क्षमता निर्माण र स्वास्थ्य सूचनामा पारदर्शिता आवश्यक रहेको पनि उनको भनाइ थियो ।

अन्तरक्रियात्मक र विश्वव्यापीकृत संसारमा कोही पनि सुरक्षित नरहेको र जबसम्म सबै जना सुरक्षित हुँदैनन तबसम्म कोही सुरक्षित नहुने बताउँदै उनले भारत खोप, उपचार र निदानको लागि ट्रिप्स छुटको प्रारम्भिक परिणाम कुरिरहेको बताइन् ।

‘अन्तर्राष्ट्रिय समुदायको सामूहिक जिम्मेवारी’

कोभिड १९ महामारीविरुद्ध एकसाथ मिलेर काम गर्नु अहिलेको आवश्यकता रहेको र त्यसका लागि सम्पूर्ण अन्तर्राष्ट्रिय समुदाय मिलेर काम गर्नुपर्ने उनले तर्क दिइन् । वाणिज्य र उद्योग राज्यमन्त्रीका अनुसार, भारत पारदर्शी र विश्वसनीय आपूर्ति शृंखला सुनिश्चित गर्न कार्य गर्न इच्छुक छ ।

भारत सन् २०२० सेप्टेम्बर महिनामा शुरू गरिएको ‘आपूर्ति शृंखलामा लचिलोपन पहल’ को एक अभिन्न अंग हो । यस क्षेत्रमा लचिलो आपूर्ति शृंखला निर्माणको लागि भारत दृढ रूपमा कार्य गरिरहेको छ ।

विश्वव्यापी र न्यायोचित खोप वितरण बलियो र दिगो अन्तर्राष्ट्रिय सुधारका लागि आवश्यक रहेको बताउँदै उनले असंख्य चुनौतिहरू र बाधाहरूको बाबजुद भारतले सफलतापूर्वक ७४ करोड खोप खुराक प्रदान गरेको जानकारी दिइन् ।

पटेलले भनिन्, ‘भारतद्वारा चालिएको विभिन्न तत्काल सहयोगी कदमहरूका कारण खोप कार्यक्रमले उत्कृष्ट उपलब्धि हासिल गर्न सफल भयो र हामीलाई महामारी संकटको प्रवंधन गर्नमा मद्दत पु¥यायो । हामीले पाठ सिकेका छौं, हाम्रो दृष्टिकोणलाई अनुकूलित गरेका छौं र हाम्रो प्रणालीलाई राम्रोसँग मिलाएका छौं ।’

अहिलेसम्म उपलब्ध वैज्ञानिक प्रमाण र शोधका अनुसार कोभिड १९ का भाइरस सतहहरू र खाद्य प्याकेजहरूमा बाँच्न सक्दैन तर पनि भारतसहित धेरै देशहरूका कृषि निर्यात कोभिड चिन्ताको कारण प्रतिबन्धमा परेको उनको भनाइ थियो ।

प्रतिबन्ध, तालाबन्दी र आपूर्ति शृंखला अवरोधहरूका कारण सम्पूर्ण विश्व कठिन समयबाट गुज्रिरहेको छ । त्यसमाथि केही देशहरूद्वारा लगाइएको यस्तो प्रतिबन्धित नियमका कारण क्षेत्रीय व्यापार झन् घाटामा परेको उनको भनाइ थियो ।

उनले खाद्य सुरक्षा र जनताको भलाइको लागि अत्यावश्यक वस्तुहरू र खाद्य उत्पादनहरूको निर्यात सहज बनाउन महत्वपूर्ण रहेको बताइन् । भारतले सबैको हितलाई प्रोतसाहन तथा निष्पक्ष, पारदर्शी, पारस्परिक र समावेशी व्यापारको आवश्यकतालाई जोड दिएको उनको तर्क थियो ।

भारत पारदर्शी र विश्वसनीय आपूर्ति शृंखला सुनिश्चित हुने कार्य गर्न इच्छुक रहेको उनले बताइन् ।

अहिलेसम्म हासिल गरेको प्रगतिलाई स्वीकार गर्दै भारत एक अर्काका उत्तम अभ्यासहरूबाट सिकेर महामारीको लागि उपयुक्त समन्वित प्रतिक्रियाहरूको निम्ति ईएएस कार्य प्रक्रियालाई अझ सुदृढ पार्ने आवश्यकतामा जोड दिन चाहन्छ ।

उदीयमान नयाँ प्रविधि अपनाउन आवश्यक

व्यवसायले नवीनता र अनुकूलन मूल्य शृंखलाको लचिलोपन बनाइराख्न जरुरी छ । ईएएस क्षेत्रमा गतिशील संस्थाहरूले चाँडै आपूर्ति शृंखला सुनिश्चित गर्न र अवरोध र मागको प्रतिक्रिया दिन कार्य गरेकोमा भारतले यसको सराहना गरेको मन्त्रीले औंल्याइन् ।

एक छिटो परिवर्तनशील संसारमा आधुनिकीकरण र उद्योगको रूपान्तरणको लागि उदीयमान नयाँ प्रविधि अपनाउन जरुरी रहेको उनले बताइन् ।

भविष्यमा एआई– आधारित आविष्कारको उदय अपरिहार्य छ भन्ने कुरामा जोड दिँदै राज्यमन्त्रीले एआई प्रविधिको अभूतपूर्व वृद्धिबाट उत्पन्न हुने तथ्यांक सुरक्षा र साइबर सुरक्षाका चुनौतीको सम्बोधन हुनु पर्ने पनि उनले बताइन् ।

अन्तर्राष्ट्रिय वृद्धिलाई पुनर्जीवित गर्न व्यापार आवश्यक रहेको उनको मान्यता थियो । यसका लागि डब्लुटिओको मूलमा खुलापन, निष्पक्षता, पारदर्शिता, समावेशिता र गैर–भेदभावको सिद्धान्तहरूमा आधारित बहुपक्षीय व्यापार प्रणालीलाई सुदृढ बनाउन आवश्यक रहेको उनको भनाइ थियो । यसले अन्तर्राष्ट्रिय व्यापारको लागि बलियो नियम प्रदान गर्नुपर्दछ ।

अब भारतको हिन्द–प्रशान्त दृष्टिमा पूर्वमा प्रतिक्रिया’ एक केन्द्रीय तत्व रहेको बताउँदै उनले भारत एक शक्तिशाली, एकीकृत र समृद्ध आसियान हिन्द–प्रशान्तको उदीयमान गतिशीलतामा केन्द्रीय भूमिका निभाउन चाहेको बताइन् ।

‘हामी हिन्द–प्रशान्तको लागि भारतको दृष्टिकोण र हिन्द–प्रशान्त आसियान दृष्टिकोणको बीच एक ठूलो समानता देख्छौं’ – उनले भनिन् ।