सविधान दिवस: सरसफाइ कार्यक्रम गरी मनाइने


काठमाडौं ।

बूढानीलकण्ठ नगरपालिकाले सविधान दिवस सरसफाइ कार्यक्रम गरी मनाउने भएको छ । नगरस्तरीय समितिको बैठकले सङ्घीय गणतान्त्रिक नेपालको सातौँ सविधान दिवसका अवसरमा यही असोज ३ गते बिहान ७ देखि ९ बजेसम्म कम्तीमा दुई घण्टा भौतिक दूरी कायम गरी सरसफाइ कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्रत्येक नगरवासी आ–आफ्नो घर, पसल, प्रतिष्ठानको कम्तीमा ५० मिटर वरपर व्यक्तिगत-सामूहिक-संस्थागत योजनासहित अनिवार्यरूपमा नगरपालिकाको बृहत सरसफाइ अभियान सञ्चालन गर्ने कार्यक्रम रहेको नगरप्रमुख उद्घवप्रसाद खरेलले बताउनुभयो ।

नगरपालिकाले प्रत्येक नगरवासीलाई(अशक्त, बालबालिका) र वृद्घबाहेक उक्त समयमा कुनै कार्यक्रम नराखी आ–आफ्नो योजनासहित नगर सरसफाइ अभियानमा सहभागी हुन अनुरोध गरेको छ ।