यमलाल भुसाल, बुटवल ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशभित्रै रहेको लुम्बिनी क्षेत्र र गौतम बुद्ध विश्वकै ऐतिहासिक साँस्कृतिक सम्पत्ति रहेकोले प्रदेश सरकारले गौरवको आयोजनामा राखेर लुम्बिनी क्षेत्रको विकासका लागि प्राथमिकताका साथ अगाडि बढाउने बताउनु भयो ।
लुम्बिनी विकास कोषले शनिबार लुम्बिनीमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै उहाँले नेपाललाई चिनाउनको लागि लुम्बिनी एउटा महत्वपूर्ण सम्पति भएको बताउँदै प्रदेशको नामाकरण नै लुम्बिनीबाट राखेको प्रदेशकोको पहिचान बोकेको बताउनुभयो ।मुख्यमन्त्रीले केसीले लुम्बिनी प्रदेस सरकारले लुम्बिनीलाई प्रदेशकै साँस्कृतिक शहर निर्माण गर्ने, बुटवललाई औद्योगिक क्षेत्र बनाउने र प्रदेशका आम नागरिकलाई पायक पर्ने राप्ती उपत्यकामा प्रदेशको राजनधानी निर्माण गरेको बताउनुभयो ।
लुम्बिनी प्रदेश सरकारले लुम्बिनी क्षेत्रमा एउटा सुविधायुक्त बर्थिङ सेन्टर, विश्वले देख्न सक्ने अशोक स्तम्भ निर्माण गर्ने, बुद्धका जन्मेदेखी मृत्युसम्मको सम्झना झल्किने गरी बुद्ध पार्क निमर्णा गर्नुपर्ने बताउनुभयो ।उहाँले लुम्बिनी क्षेत्रलाई विकासका लागि साझा दायित्वको रुपमा अगाडि बढाउनको लागि मुख्य एवं एकीकृत गुरुयोजना निर्माण गरी नै अगाडि बढाउनको लागि सबैलाई अनुरोध गर्नुभयो ।प्राकृतिक हिसावले यसको ऐतिहासिक बनाउनको लागि लुम्बिनी क्षेत्र भित्रकै विकासका लागि विशाल खेलकुद मैदान निर्माण, ग्लोवल पिस पार्क बनाउनको लागि नै प्रदेशकै ऐतिहासिक बनाउनको लागि अनुरोध गर्नुभयो ।
उहाँले लुम्बिनी क्षेत्रमा पर्यटक आकर्षक गर्नका लागि लुम्बिनी क्षेत्रमा रहेको साँस्कृतिक एवं ऐतिहासिक सम्पितिलाई संरक्षण गर्दै आधुनिक सूचना प्रविधिलाई जोड्नका लागि अनुरोध गर्नुभयो ।उहाँले लुम्बिनी क्षेत्रमा गौतम बुद्ध, माया देवी लगायतको बारेमा डिजिटल बोर्ड निर्माण गरी सूचनालाई प्रविधिबाट सबै पर्यटकलाई जानकारी गराउनका लागि निर्देशन दिनुभयो ।
अन्तरक्रिया कार्यक्रममा पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली चौधरीले लुम्बिनी क्षेत्र विश्व सम्पदामा रहेको शान्तिका उर्वर भूमी भएको बताउँदै विकास गर्नुपर्ने बताउनुभयो । उहाँले लुम्बिनी प्रदेश सरकारबाट सहयोग गर्नका लागि तयार रहेको बताउनुभयो । उहाँलसंगै विकासका लागि हातेमालो गरेर अगाडि बढ्ने बताउनुभयो ।लुम्बिनी क्षेत्र कपिलबस्तु, देवबह, रामग्रा, नवलपरासी रहेको छ । २०४२ सालमा लुम्बिनी विकास समिति गठन गठन भएको थियो ।












प्रतिक्रिया