पछिल्लो २४ घण्टामा १,०६६ जनामा कोरोना संक्रमण पुष्टि,१६ जनाको मृत्यु


न्युज अफ नेपाल, काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६६जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ५४० जनाको पीसीआर परीक्षणमा ८ सय ३५ र २ हजार ८१८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २३१ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार २३४ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।