तानाशाहलाई ढाल्न कांग्रेससँग मिलेका हौ एमसीसी पास गर्न होइन्: वाइसिएल


पोखरा ।

योङ कम्युनिष्ट लिग (वाइसिएल) का केन्द्रिय संयोजक सुमन देवकोटाले कांग्रेससंग तानाशाहिको अन्त्य गर्न सहकार्य गरेपनि एमसीसी पास गर्नका लागि गठबन्धन नगरेको बताउनुभएको छ ।

उहाँले नेपालमा क्रुर शासनको दमन चलिरहेकाले लोकतान्त्रिक पार्टिसंग गठबन्धन गरि क्रुरतालाई अन्त्य गरेको बताउनुभयो । पोखरामा शनिवार पत्रकार सम्मेलन गर्दै देवकोटाले उक्त कुरा बताउनुभएको हो । ‘तानाशाहलाई ढाल्नका लागि लोकतान्त्रिक विधिबाट जानलाई कांग्रेससंग गठबन्धन भएको हो । हाम्रो विचार मिल्दैन चुनावी एजेन्डा मिल्दैन दुबै पार्टी फरक हो’ उहाँले भन्नुभयो–‘अहिले पनि एमालेले संसद्मा तुच्छ व्यवहार देखाइरहेको छ । हामी यहिबाट सुधारिन आग्रह गर्दछौ ।’ देवकोटाले ओलीले विधेयक ल्याउँदा गलत र देउवाले ल्याउँदा ठिक नहुने बताउनुभयो । उहाँले देउवा सरकार समेत गलत मार्गमा हिडेको बताउनुभयो । राष्ट्रिय स्वाधिनता, अखण्डतानै बन्धक राखेर लिने सहयोग वाइसिएललाई स्विकार्य नहुने उहाँको भनाइ रहेको छ ।

हामीलाई एमसीसी कुनैपनि हालतमा मान्य हुनेवाला छैन् । एमसीसी आएपछि सबै ठिक हुन्छ भन्ने सोच्नु भएको होला त्यसो हुनेवाला छैन् । देशको संविधान विपरित सबैकुरा बन्धक बनाएर सरकारले के गर्न खोजेको ? अब वाइसियल चुप बस्ने पक्षमा हुदैन् ।’ वाइसियल वडावडामा अब छिर्ने उहाँको भनाइ थियो । उहाँले स्थानीय तहदेखि नै वाइसियल जाग्न सुरु गरिसकेको बताउनुभयो । यसैक्रममा उहाँले गण्डकी प्रदेशमा अब पर्यटकीय विषयको समेत पढाइ हुनुपर्नेमा जोड दिनुभयो । ‘विगतदेखि नै वाइसिएलले पार्टीको नेतृत्वसंग सहकार्य गर्दै आवश्यक सुझाव तथा योजना दिदैँ आएको संघ हो । अन्य पार्टीमा जस्तो मुर्दावाद र जिन्दावाद भन्नका लागि मात्रै वाइसियलको स्थापना भएको होइन् । हामी नेतृत्वकारी भुमिकामै चलिरहेका छौ’ उहाँले थप्नुभयो,‘हामी आउने चुनावमा पनि कांग्रेससंग गठबन्धन गर्ने र्छौ तानाशाहीलाई साथ दिने होइन ।’

देवकोटाले देशमा भएको भ्रष्टचारलाई अब वाइसिएलले उजागर गर्ने बताउनुभयो । फेवाताल मिच्नेलाई समेत सुखको निद अब नदिने चेतावनी समेत उहाँले दिनुभयो । फेवाताल तथा सार्वजानिक जग्गा हडपेर बस्नेलाई सडकमा ल्याउने काम वाइसिएलले गर्ने स्पष्ट पार्नुभयो । आगामी निर्वाचनका लागि वाइसिएलले स्पेसल टास्कफोर्सको गठन गर्ने योजनामा रहेको सुनाउनुभयो ।