नेकपा (एस)को गुल्मी ईन्चार्जमा थापा र अध्यक्षमा महत नियुक्त


न्युज अफ नेपाल, रूपन्देही ।

माधव कुमार नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ( एकिकृत  समाजवादी) गुल्मीको ईन्र्चाज र अध्यक्षको टुंगो लागेको छ । नेकपा (एस)को प्रदेश कमिटिले गुल्मी जिल्लाको इन्चार्जमा हिमाल थापा र अध्यक्षमा श्रीराम महतलाई नियुक्त गरेको हो ।

अध्यक्ष महतले समाजवादीलाई नै सच्चा एमाले बनाउने दाबी गरेका छन् । गुल्मीबाट एमाले सचिवद्वय प्रदीपकुमार ज्ञवाली र गोकर्ण विष्ट एक ठाउँमा रहेपछि जिल्लाबाट कुनै पनि जनप्रतिनिधि समाजवादीमा लागेका छैनन् ।

पार्टीमा द्धन्द्ध चर्किएको समयमा केपी ओलीलाई प्रतिगमन र समर्थकलाई प्रतिगमनको मतियार भन्दै आरोप लगाएका अन्य नेता तथा कार्यकर्ता भने एमालेमै रहेका छन् ।उनीहरुले माधव कुमार नेपाललाई धोका दिएको नेकपा (एस)गुल्मीले बताएको छ ।