कपिलवस्तुमा बस दुर्घटना हुँदा १८ यात्रु घाइते


बुटवल ।

कपिलवस्तुको शिवराज नगरपालिका– १ बनकसवासामा बस दुर्घटनामा हुँदा १८ यात्रु घाइते भएका छन् ।

काठमाडौंबाट यात्रु लिएर रुकुमतर्फ जाँदै गरेको ना ८ ख २९६ नम्बरको बस शनिवार बिहान अनियन्त्रित भई सडकको बायाँतर्फ पल्टिदा बसमा सवार ३१ यात्रुमध्ये १८ जना घाइते भएका हुन् ।

१८ जना मध्ये ५ जना स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । १२ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाईएको कपिलवस्तुका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिएका छन् ।