अमेरिका, वेलायत र अष्ट्रेलियाको संयुक्त सुरक्षा सम्झौता घोषित


लन्डन, (एजेन्सी) ।

संयुक्त अधिराज्य , संयुक्त राज्य अमेरिका र अष्ट्रेलियाले हिन्द – प्रशान्त ( इन्डो – प्यासिफिक ) मा एउठा ऐतिहासिक सुरक्षा सम्झौता घोषणा गरेका छन् । यसलाईे चीनलाई चुनौति दिने प्रयासको रुपमा अन्तर्राष्ट्रिय राजनीतिक विशलेषकहरुले हेरेका छन् ।

यस सम्झौता अन्तर्गत पहिलोचोटि अष्ट्रेलियाले अमेरिकाले प्रदान गर्ने प्रविधि प्रयोग गरेर परमाणविक शक्तिबाट चल्ने पनडुब्बीहरु ब्नाउने भएको छ ।

अकस ( एयुकेयुएस ) नामले चिनिने यो सम्झौतामा आर्टिफिसियल इन्टेलिजेन्स , साइवर र क्वान्टम प्रविधिहरु समेत समेटिएको छ । विश्लेषकहरुले दशकौं अवधिमा यो सम्बन्धित मुलुकहरुबिचको अहिले सम्मकै सबैभन्दा ठूलो प्रतिरक्षा साझेदारी भएको प्रतिक्रिया दिएका छन् ।

पछिल्ला केहि वर्षयता सम्पूर्ण पश्चिममी प्रजातानित्रक मुलुकहरुले इन्डो पयसिफिक क्षेत्रमा चीनको बढ्दो सैनिक ज्यादती विरुद्ध चिन्ता प्रकट गर्दै आएका छन् । एउटा संयुक्त विज्ञप्ति मार्फत अमेरिकी राष्ट्रपति जो बाइडेन , वेलायतका प्रधानमन्त्री बोरिस जोहन्सन र उनका अष्ट्रेलियाली समकक्षी स्कट मोर्रिसनले यस नयाँ साझेदारीको उद्देश्य सुरक्षा र सम्वृद्धिलाई प्रवर्धन गर्नु रहेको जनाएका छन् ।

तर अमेरिकाको वासिंगटन स्थित चिनिया दुतावासले भने यि मुलुकहरुले ‘ शित युद्ध मानसिकता र सैद्धानित्क पुर्वाग्रह ’ प्रदर्शन गरेको अरोप लगाएको छ । यस सम्झौतासंगै अब अष्ट्रेलियाले सन् २०१६ मा १२ वटा पनडुब्बी बनाउन फ्रान्ससंग गरेको घ१ अर्व युरो वरावरको सम्झौता कार्यान्वयन नगने स्पष्ट देखिन्छ ।