कतारले प्रहरीमा तत्काल नेपालीलाई भर्ना नलिने


काठमाडौं ।

कतार सरकारले तत्काल नेपालीलाई प्रहरीमा भर्ना नलिने भएको छ । कतार सरकारले दोहास्थित नेपाली दूतावासलाई तत्कालको लागि भर्ना नलिइने जानकारी दिएको हो ।

कतारको यस्तो निर्णयपछि भर्ना हुन छनौट भएका दुईसय जना नेपाली जान नपाउने भएका छन् । दोहा नियोगका राजदूत नारदनाथ भारद्धाजले लामो समयसम्म नेपालले कुनैपनि जानकारी नदिएकाले कतारले अन्यत्रबाट आवश्यकता पूर्ति गर्ने जवाफ आफूले पाएको जनाए ।

म्यानपावर कम्पनी वा सरकारी च्यानल कुनमार्फत भर्ना छनौट गर्ने विषयमा विवाद भएको थियो । मागपत्र प्रमाणीकरण नभइकन म्यानपावर कम्पनीले अन्तर्वार्ता लिन थालेपछि वैदेशिक रोजगार विभागले हस्तक्षेप गरेको थियो ।