सडकमा ट्रक बिग्रिँदा महाकाली राजमार्ग अवरुद्ध


धादिङ ।

त्रिभुवन राजपथ अन्तरगत नौविसे-नागढुङगा सडक खण्डमा सवारी साधन बिग्रिएर सवारी आवागमनमा समस्या भएको छ ।

बुधबार दिउँसो करिव १ बजे सुरुङमार्ग निर्माण नजिकै ट्रक बिग्रिएर केही समय दुई तर्फि त्रिभुवन राजपथ अन्तरगत नौविसे-नागढुङगा सडक खण्डमा अवरुद्ध हुँदा राजमार्गमा सवारी साधनको जाम पृथ्वी राजमार्गको जुगेखोला सम्म पुगेको थियो। अहिले पनि नौविसे–नागढुङगा सडक खण्डको जाम पृथ्वी राजमार्गको धार्के क्रस भएको छ ।

राजमार्गमा केही अवरोध नभए पछि गाडीले ओभरटेक गर्दा राजमार्गमा सवारी साधनको अस्तव्यस्त रहेको इलाका प्रहरी कार्यालय खानिखोलाले बताएको छ । बैकल्पिक राजमार्ग रूपमा रहेको धार्के – सितापाईला सडकलाई सरकारले चासो नदिदा नागरिकले दुःख पाएका छन्।