न्युज अफ नेपाल, काठमाडौं ।
एमालेले कारबाही गरिएका १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्त नगरेसम्म एमालेले संसद् चल्न नदिने चेतावनी दिएका छन् ।
सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको एमालेले पदमुक्त सांसदको सूचना टाँस गर्नुपर्ने र सूचना टाँस नगरे सभामुख सापकोटाले पदबाट राजीनामा दिनु पर्ने अडान राख्दै आएको छ । यी दुईवटा सर्त स्वीकार नगरेसम्म एमालले प्रतिनिधिसभा बैठकमा निरन्तर रुपमा अवरोध गरिरहने छ ।’
माधवकुमार नेपालसहित १४ जना सांसदलाई पदमुक्त गरेर कारबाही गरेको पत्र संघीय संसद सचिवालयमा दर्ता गरे पनि यसको सभामुख सापकोटाले १३ दिनसम्म सूचना टाँस नगर्दा पार्टी विभाजन भएको एमालेको बुझाइ रहँदै आएको छ ।‘
प्रतिक्रिया