थप १ हजार ४८६ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाकाे मृत्यु


न्युज अफ नेपाल, काठमाडौं ।

देशभर पछिल्लो २४ घण्टामा १ हजार ४८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ५३९ नमुना परीक्षण गर्दा १ हजार ४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

१२ हजार ५३२ जनाको पीसीआर नमुना परीक्षण गर्दा १ सय १४९ जनामा र ४ हजार ७ जनाको एन्टिजेन नमुना परीक्षण गर्दा ३३७ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार २६० रहेको मन्त्रालयले जनाएको छ । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १६ जनाले ज्यान गुमाएका छन् ।