सभामुखले बोलाएको बैठक जारी, एमाले अनुपस्थित


न्युज अफ नेपाल,  काठमाडौं ।

संसदको अवरोध हटाउने विषयमा छलफल गर्न सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठक नयाँबानेश्वरस्थित संसद भवनमा जारी छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने बैठकमा अनुपस्थित रहेको छ । सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राजेन्द्र लिङदेनबाहेक सबै उपस्थित रहेको सभामुखका प्रेस सल्लाहाकार श्रीधर न्यौपानेले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका संसदीय दलका नेता माधवकुमार नेपाल, जसपा संसदीय दलका नेता उपेन्द्र यादव, लोसपाका नेता महन्थ ठाकुर, जनमोर्चाकी दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल सहभागी छन् ।