हत्या आरोप लागेको प्रहरी निरिक्षक अझै पक्राउ परेनन


सञ्जय कार्की, रौतहट ।

प्रहरीको हिरासतमा यातनाबाट मृत्यु भएको प्रकरणमा मुछिएका प्रहरी सहकर्मी लाई एक बर्ष पुगि सक्दा पनिप्रहरीले अझै पक्राउगर्न नसक्दा अधिकारकर्मीहरु निराश भएका छन । ईलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा रहेका विजय रामलाई यातनादिएर हत्या गरेको आरोप लागेकाजिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रहरी निरीक्षकन विनकुमार सिंह, हवल्दार हिरोज मियां धुनिया र मुन्ना सिंह अझै पक्राउ पर्न सकेका छैनन ।

मृतकका बुवा पनि लाल महराले गएको भदौमा जिल्ला न्यायधिवक्ताको कार्यालय मार्फत तीनै जना प्रहरी माथियातना र ज्यान सम्बन्धि कसुरमा मुद्धादर्ता भएको एक बर्ष पुग्न लाग्दासमेत प्रहरीले उनीहरु लाई पक्राउ गर्न सकेको छैन् ।कर्तब्य ज्यान मुद्धाको आरोपमा पक्राउ परेका गरुडा नगरपालीका– ८ जिंगडिया निवासी१९बर्षिय बिजय रामलाई हिरासतमा प्रहरीले यतानादिएर हत्या गरेको आरोप रहेको छ । रामको हत्या भए पछि उनको परिबारले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराए पछि गएको मंसिर १७गते तीतीनै जनालाई पक्राउ पुर्जी जारी गरिएपनिपक्राउ पर्न नसकेका हुन । प्रहरीको सुचिमा उनीहरु फरार रहेकाछन । प्रहरी प्रधान कार्यालयले तीतीनै जनालाई निलम्बन गरेको छ । उक्त घटनामा तत्कालीन जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक रबिराज खड्काले प्रहरी निरिक्षक सिंह लगायत काप्रहरी कर्मचारीलाई ईलाका प्रहरी गरुडा पठाएर रामलाई हत्या कबुल गराउने बाहनामा चरम यातना दिएको आरोप रहेको थियो ।

प्रहरी उपरिक्षक खड्का बिरुद्ध पनि ज्यान मुद्धामा किटानी जाहेरी दर्ता छ । तर उनलाई पनि प्रहरीले पक्राउ गरेको छैन् । प्रहरी उपरिक्षक खडका जागरिबाट अबकास भैसकेका छन । उक्तघट्ना पछि प्रहरी प्रधान कार्यालयले प्रहरी उपरिक्षक खडकालाई जिम्मे बारीबाट हटाएर प्रहरी प्रधान कार्यालय तानेको थियो । गरुडा नगरपालीका– ८ जिंगडिया निवासी निरन्जन रामको ०७७ साउन ३१ गते रातीघाटी रेटेर हत्यागरेको आरोपमा विजय रामलाई ईलाका प्रहरी गरुडाले पक्राउ गरी हिरासतमा राखेको थियो । अपराध स्वीकार गराउन उनलाई निर्मम यातना दिए पछि उनको मृत्यु भएको थियो ।

यातना पछि बिरामी भएका रामलाई २०७७ भदौ १० गते उपचारको लागि नेशनल मेडिकल कलेज बीरगजमा भर्ना गरिए पनि त्यहा उनको मृत्यु भएको थियो । प्रहरीको यातना पछि रामको मृत्यु भएको भन्दै त्यसै समयमा दलित अधिकारकर्मीहरुबाट आन्दोलन समेत भएको थियो । मधेशी दलित विकास महासंघका महासचिब धर्मेन्द्र पासवानले प्रहरीनै मुछिएको घटनाका आरोपी पक्राउ नपर्नु आफुहरु दुखित भएको बताउनु भयो । प्रहरी बिरुद्ध जाहेरी दर्ता पछि फरार रहेकालाई अझैसम्म प्रहरीले पक्राउ नगर्नु आफु आश्चर्य चकित भएको महासचिब पासवानले बताउनु भयो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायबउपरिक्षक नारायण चिमरियाले ज्यानमुद्धामा फरार तिनैजनाको अनुसन्धान भैरहेको बताउनु भयो ।