कुटपिट गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ


गुल्मी ।

चन्द्रकोट गाउँपालिका-७ बतासे बस्ने ४८ वर्षीय शिव बहादुर पुलामीको कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २७ वर्षीय हिम बहादुर पुलामी र सत्यवती गाउँपालिका-३ बस्ने २१ वर्षीय हिमाल रहादी रहेका छन् । उनीहरुबीच सामान्य विवाद हुँदा शिवकै भतिजो पर्ने हिम बहादुर र हिमालले मादक पदार्थ सेवन गरी गत बिहीबार कुटपिट गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मजुवाबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।

साथै प्रहरीले घाइते शिवलाई उपचारका लागि स्थानीय मेडिकल सुबसराथी क्लिनिक प्रालि मजुवा पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।