एमसीसीको विरोधमा विप्लव समूहको प्रदर्शन


न्युज अफ नेपाल, काठमाडौं ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सोमबार काठमाडौंमा एमसीसीविरुद्ध र्‍याली निकालेको छ । अ‍ेमेरिका र नेपाल सरकारबीच सन् २०१७ मा सडक र विद्युत प्रशारण लाइन निर्माणका लागि एमसीसी सम्झौता गरेको थियो ।

अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको हितका नरहेको भन्दै खारेजीको माग राखेर नेकपाले सोमबार काठमाडौंमा विरोध र्‍याली निकालेको हो ।

र्‍सोमबार माइतीघरमा भएको प्रदर्शनमा महासचिव नेत्रविक्रम चन्द विप्लव, नेताहरु खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश वलीलगायतका नेताहरु पनि सहभागी भएका छन् ।