गनञ्जय र सुस्मितालाई स्वर्ण


काठमाडौं, (नेस) ।

गनञ्जय दाहाल र सुस्मिता खड्का १५औं हरेराम जोशी स्मृति टेबलटेनिस प्रतियोगिताको सिंगल्समा च्याम्पियन बनेका छन् । गनञ्जय पुरुष तथा सुस्मिता महिलामा पहिलो भए । हरेराम जोशी स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको पुरुषमा मनीष खरेल दोश्रो तथा हिमाल विष्ट र मुकेश महर्जन तेश्रो भए । महिलामा निकिता कस्ती दोश्रो तथा शुभश्री श्रेष्ठ र प्रनिका कुँवर तेश्रो स्थानमा रहे ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष भेट्रान ४० वर्षमाथि उमेश मानन्धरले स्वर्ण, जयराम महर्जनले रजत तथा राजु शाक्य र निकेशप्रसाद जोशीले कांस्य जिते । पुरुष भेट्रान ५० वर्षमाथि राजेन्द्र बज्राचार्य, किरण व्यञ्जनकार तथा इन्द्रशेखर खड्का र शरदमान श्रेष्ठ क्रमशः शीर्ष तीन स्थानमा रहे । ६० वर्षमाथि जगदेश्वरप्रसाद जोशी पहिलो, रोशन प्रधान दोश्रो तथा ध्रुव श्रेष्ठ तेश्रो बने ।

महिला भेट्रान ५० वर्षमाथि सविता बस्नेत पहिलो, इन्दिरा पौडेल पराजुली दोश्रो र सम्झना पोखरेल तेश्रो भए । आर्सना महर्जन तथा श्रेया शाक्य उदीयमान खेलाडी चुनिए ।