नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फुटबल जारी


काठमाडौं ।

नेपाल-बंगलादेश राष्ट्रिय महिला टोलीबीचको दोस्रो मैत्रीपूर्ण फुटबल शुरु भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजेबाट खेल शुरु भएको हो । पहिलो खेलमा जित हात पारेको नेपाली टोली आज पनि विजयी लक्ष्यका साथ मैदानमा उत्रिएको छ ।

मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले रेनुका नगरकोटीको कप्तानीमा बंगलादेशविरुद्ध खेल्ने सुरुवाती-११ खेलाडी घोषणा गरेका हुन् । जसमा तीन खेलाडी परिवर्तन गरिएको छ ।  गोलकिपर अन्जना राना मगर, अनिता बस्नेत र रश्मी घिसिङ सुरुवाती-१ मा परेका छन् । यस अघि खेलेका एन्जिला सुब्बा, सबिता राना र मन्जली योन्जनलाई बाहिर राखिएको छ ।