ब्राउन सुगरसहित दुई जना पक्राउ


कञ्चनपुर ।

कञ्चनपुरबाट ब्राउन सुगरसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउगरेको छ । कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका १० दोधा पुलबाट सशस्त्र प्रहरीले करीव १ ग्राम ५ मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको धनगढी उपमहानगरपालिका २ सरस्वतीनगरबस्ने २८ वर्षिय शेखर थापा र २६ वर्षिय दिपक विष्ट रहेको छन् । सु.प्र.प. ०१–००७ प ९५१८ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट दोधाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित परिमाणको ब्राउन सुगर फेला पारेको हो । त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ ।

पक्राउ परेका दुवै जनालाई बरामद ब्राउन सुगर तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।