ट्राफिक नियन्त्रणसम्बन्धी तालिम सम्पन्न


काठमाडौं ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा प्रहरी हवल्दार तथा जवानका लागि संचालित १४०औं समूहको ट्राफिक नियन्त्रण तालिम सोही महाशाखामा आइतबार आयोजित एक कार्यक्रमबीच समापन भएको छ ।

तालिम समापनका अवसरमा महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक भट्टराइले ट्राफिक व्यवस्थापनमा सैद्दान्तिक र व्यवहारिक सीपले मात्र नपुग्ने भएकाले प्रशिक्षार्थीहरुले तालिमपछि पनि अझ व्यवसायिक र दक्ष हुन स्वअध्ययनलाई निरन्तरता दिइ सवारी दुर्घटना न्यूनीकरण तथा सवारी आवागमनमा सहज बनाउन निर्देशन दिनुभयो ।

साउन ३ गतेदेखि सुरु भएको ४५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी हवल्दार २ जना र प्रहरी जवान ५८ जना गरी कूल ६० जान प्रशिक्षार्थीहरुले सफलतापूर्वक तालिम हासिल गरेको तालिम संयोजक प्रहरी नायव उपरीक्षक सन्तोष रोकाले जानकारी दिनुभयो ।