संसद अवरोध अन्त्य गर्न सभामुखले बोलाए सर्वदलीय बैठक


न्युज अफ नेपाल, काठमाडौं।

संसद अवरोध अन्त्य गर्ने विषयमा छलफलका लागि सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् ।

संसदमा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरुलाई बैठकमा बोलाएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । बैठक दिउँसो साढे २ बजेका लागि बोलाइएको उनले बताए ।

प्रमुख विपक्षी दल नेकपा एमालेले लगातार संसद अवरोध गरेपछि सभामुख सापकोटाले बैठक बोलाएका हुन् ।माधव नेपाल सहितका १४ सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा एमालेले लगातार संसद अवरोध गर्दै आएको छ ।