समाजसेवी अजरमान जोशीलाई मातृशोक


न्युज अफ नेपाल, ललितपुर ।

समाजसेवी एवं ललितपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अजरमान जोशीलाई मातृशोक परेको छ ।
उहाँकी आमा रमादेवी जोशीको ८३ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो।स्वर्गीय जोशी उच्चरक्त चाप र मधुमेहले गर्दा सामान्य बिरामी हुनुहुन्थ्यो।

जोशीको पार्थिव शरीरलाई दिउँसो पशुपतिस्थित आर्यघाटमा धार्मिक विधिपूर्वक दाहसंस्कार गरियो। स्वर्गीय जोशीको पार्थिव शरीरमा उहाँका कान्छो छोरा अमरेश जोशीले दागबती दिनुभएको थियो।स्वर्गीय जोशीका पति अमरमान जोशी र छोेरा अजरमान जोशी, अरुमान जोशी गरी तीन छोरा रहेका छन् ।

जीवनको महत्वपूर्ण र लामो समय ललितपुर उद्योग वाणिज्य संघमार्फत निजी क्षेत्रको विकासमा क्रियाशील जोशी नागरिकमैत्री प्रहरी प्रशासन निर्र्माणको अभियान, सम्पदा पुनःनिर्माण, लगायत विविध सांस्कृतिक, सामाजिक सेवाका गतिविधिमा पनि सक्रिय रहँदै आउनुभएको छ । उहाँलाई मातृशोक परेको स्थितिमा विभिन्न संघसंस्थाले स्वर्गीय जोशीको निधनप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।