धरानका उपकुलपति प्राध्यापक भएको प्रमाण भेटिएन


नेपाल समाचारपत्र, काठमाडौं  । 

स्वास्थ्य मन्त्रालयले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लामो समयदेखि भैरहेको आन्दोलनले उठाएका विषयहरु समाधान गर्न गम्भिरतापुर्वक लागिपरेको जनाएको छ । साथै प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरि प्राध्यापक नभएको भन्दै कार्वाहिको लागि कानुनी प्रक्रिया अघिढाइएको पनि जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए अनुसार प्रतिष्ठानका उपकुलपति प्राध्यापक भएको भन्ने प्रमाण कतै नभेटिएकोले प्रचलित कानुन अनुसार कार्वाहि प्रक्रिया शुरु भैसकेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भदौ २० गते देखि उपकुलपतिको वर्खास्ति लगाएत विभिन्न माग राखि आन्दोलन भैरहेको छ । आन्दोलनका मागहरु संवोधन भैरहेको आश्वासन दिदै मन्त्रालयले आइतवार एक विज्ञप्ती नै जारी गरि चिकित्सा शिक्षा आयोग र मेडिकल काउनिसलको वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्ययन प्रतिवेदन तत्काल सार्वजनीक गरिने पनि जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिष्ठानमा भएको भ्रष्टाचार छानविन गर्न सबै कगजात लिइसकेको र छानविन भैरहेको भन्दै मन्त्रालयले विश्वविद्यालय र प्रतिष्ठानका पदाधिकारी नियुत्ति मापदण्ड तय गर्न प्राध्यापक सहितको समिति गठन भै कार्य अघि बढाइसकेको जनाएको छ । साथै प्रतिष्ठानको रजिष्ट्रार राजिनामा स्वीकृत भैसकेको जनाउदै मन्त्रालयका प्रवक्ता पौडेलले उच्च स्तरीय छानविन आयोग सिनेट बैठकबाटै गठन गर्न छानविन आयोगका सम्बन्धमा आवश्यक परामर्श भैरहेको भन्दै आन्दोलनका कार्यक्रम फिर्ता लिन मन्त्रालयले आग्रह पनि गरेको छ ।