एमाले फुटको असर नुवाकोटमा सामान्य


नुवाकोट, प्रकाश सिलवाल  ।

नेकपा एमालेका वरिष्ठ नेता माधबकुमार नेपालले एमाले पार्टी फुटाएर नेकपा एकीकृत समाजवादी पार्टी निर्माण गरेपछी नुवाकोटमा त्यसको असर सामान्य देखिएको छ ।

यस अघि माधव नेपाललाई साथ दिईरहेका संघिय सांसद तथा तत्कालीन एमाले नुवाकोट अध्यक्ष नारायण खतिवडाले कित्ता परिवर्तन गरि एमालेमै रहने निर्णय गरेपछि लगभग आधाआधामा विभाजित एमाले नुवाकोट एक भएको हो।

संस्थापन पक्षका प्रभावशाली नेता तथा बाग्मति प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री केशव राज पाण्डे, प्रदेश सभासद् तथा संस्थापन पक्षका जिल्ला अध्यक्ष बद्रि मैनालि, प्रदेश सभासद् आशामाया तामाङ यस अघिनै ओलि समुहमा खुलिसकेका थिए ।

नेकपा एमालेले जितेका ३ पालिका प्रमुख मध्ये वेलकोटगढि नगरपालिकाका मेयर तथा नुवाकोट राजेन्द्र रमण खनाल र तारकेश्वर गाउपालिकाका अध्यक्ष रमेश वस्ति यस अघिनै केपि ओलि खेमामै रहेका थिए भने विदुर नगरपालिकाका मेयर सन्जु पण्डित भने यस अघि माधव नेपाल खेमामा रहेका थिए ।

पार्टी भित्रको अन्तरसंघर्षको क्रममा माधव समुहमा रहेका मेयर सन्जु पंण्डितले माधव नेपालको पार्टी विभाजनको गलत निर्णयलाई आफुले साथ दिन नसक्ने बताउनुभएको छ। त्यस्तै एमालेबाट निर्वाचित ३ उपप्रमुखमध्ये तिनै जना एमालेको पक्षमा रहेका छन्। एमालेबाट निर्वाचित ३५ जना वडा अध्यक्ष मध्ये ३३ जना तथा १५७ जना वडा सदस्य मध्ये १५१ जना एमालेमै रहेका छन्।

जिल्ला निर्वाचन कार्यालय नुवाकोटका अनुसार सनाखतको समयसिमा भित्र शिवपुरी गाउँ पालिकाका वडा अध्यक्ष २ जना तथा वडा सदस्य ४ जनाका साथै तादि गाउँपालिका र ककनि गाउँपालिका का १र१ वडा सदस्य गरि कुल ८ जना जनप्रतिनिधि ले एमाले परित्याग गरि माधव नेपाल नेतृत्वको नयाँ पार्टीमा सनाखत गरेका छन् ।