प्रतिनिधिसभा बैठक पन्ध्र मिनेटका लागि स्थगित


न्युज अफ नेपाल काठमाडौं ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिपक्षी दल एमाले सांसदहरूलाई संवादमा आउन आग्रह गरेका छन् ।

तेस्रो दिन आइतबार पनि प्रतिनिधिसभा बैठकमा एमाले सांसदहरूको नाराबाजी भइरहेको छ । सोही बेला सभामुख सापकोटाले संवादमा आउन एमाले सांसदहरूलाई आग्रह गर्दै बैठक चल्ने वातावरण बनाउन सबैमा अपील पनि गरेका छन् ।

उनले संसदीय मूल्य र मान्यता कायम गर्न पटक पटक आग्रहसमेत गरेका छन् । सबै मिलेर संसदीय मान्यता कायम गर्न आग्रह गर्दै संवादमा आउन आग्रह गरे र १५ मिनेटका लागि बैठक स्थगित गरे ।