सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी


न्युज अफ नेपाल,काठमाडौं ।

सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित पाँच दलका शीर्ष नेता बैठकमा सहभागी रहेको प्रधानमन्त्री शेरबहादुर देउबाका प्रमुख स्वकीय सचिव भानु देउबाले जानकारी दिए ।

सरकार गठनको दुई महिना हुँदा पनि मन्त्रिपरिषद् विस्तार नहुँदा प्रधानमन्त्री देउबाको आलोचना हुँदै आएको छ । तर, अझै केही दिन मन्त्रिपरिषद् विस्तारको सम्भावना नरहेको स्रोतले जनाएको छ । सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै एमालेले संसद अवरोध गरिरहेको तथा एमाले विभाजनको मुद्दा सर्वोच्च अदालतमा पुगेकाले त्यहाँबाट आउने फैसलापछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिन गठबन्धनमा आवद्ध दल सहमत भएका छन् ।गठबन्धनमा दल विभाजनसम्बन्धी अध्यादेश के गर्ने भन्ने विषय पनि छलफल भइरहेको छ ।