‘महिला नेतृत्वमा आउन महिला नै बाधक’

महिला उम्मेदवारको पिडा .......


अमृत अर्याल,स्याङ्ज ।

नेपाली काँग्रेसको १४ औं महाधिवेसनबाट स्याङ्जामा एक जना मात्रै महिला वडा सभापति बन्न सफल हुनुभएको छ । ९७ वडा रहेको स्याङ्जामा दुई ओटा वडामा मात्रै महिलाहरुले नेतृत्व दावी गर्नुर्भको थियो ।

दुई वडा मध्ये फेदिखोला गाँउपालिका ५ मा माया पनेरु सर्वसम्मतिबाट वडा सभापति बन्न सफल हुनुभएको छ भने अर्काे महिला उम्मेदवार वालिङ नगरपालिका वडा नम्वर ८ मा पराजित हुनुभएको छ । वडा सभापतिमा पराजित भोगेकी महिलाले सामाजिक सञ्जाल मार्फत कारुणीक भावना पोख्नुभएको छ ।स्याङ्जा जिल्लाकै सबै भन्दा बढी क्रियाशिल सदस्य रहेको वालिङ नगरपालिका ८ को वडा सभापतिमा उम्मेदवारी दिनुभएकी सरस्वती वगालेले महिला नेतृत्वमा आउन महिला नै बाधक हुने गरेको घुमाउरो टिप्पणी सामाजिक सञ्जाल मार्फत पोख्नुभएको छ । भदौ १८ गते शुरु भएको वालिङ ८ को वडा अधिवेसनमा ५ जनाले वडा सभापतिमा उमेदवारी दिनुभएको थियो । ५ जना मध्ये एक जना मात्रै महिला उमेदवार हुनुहुन्थ्यो भने ४ जना पुरुष हुनुहुन्थ्यो । सभापतिमा सरस्वती वगाले, कमलप्रसाद सुवेदी, छविलाल कुँवर, रेशमलाल कोइराला र कृष्णप्रसाद कोइराला विचको दावेदारी सहित उमेदवारी दर्ता भएको थियो । दुई कोइराला र कुँवरले सहमतिको प्रणाली अवलम्वन गर्दै उमेदवारी फिर्ता लिएपछि दुईजना वगाले र सुवेदीको मात्रै उम्मेदवारी रहन पुग्यो । सहमतिको प्रयास नभएपछि लोकतान्त्रिक अभ्यास अनुसार निर्वाचन भएको थियो ।

८ सय २ मतदाता रहेको वडामा ५ सय ६० मत खसेको थियो । जस मध्ये ३ सय ३४ मत ल्याएर सुवेदी वडा सभापतिमा बिजयी हुनुभयो । वडाको निर्वाचनमा निकै गुटगत र पार्टीको निर्वाचन भन्दा पनि व्याक्ति विशेषको जस्तो निर्वाचनले अत्यन्तै निराशाजनक बनाएको मतदानमा सहभागी काँग्रेसका क्रियाशिल सदस्यहरुले बताउनुभयो । वडा सभापतिमा पराजित भएपछि महिला नेतृ वगालेले सामाजिक सञ्जालमा भाबुक स्टाटस लेखेपछि तरङग छाएको छ । उहाँले घुमाउरो रुपले टिप्पणी गर्दै महिला नेतृत्वलाई आरोप लगाउनुभएको छ ।उहाँले लेखेको टिप्पणीमा ‘महिलाहरु खाली आरक्षण मात्रै खोज्छन् भन्ने चुनौती दिन वडाको पार्टी संगठन हाक्न सक्छु भनेर हिक्मत गरेर वडा सभापति पदको उम्मेदवार बन्ने प्रयासलाई हौसला दिनुको साटो महिला नेतृहरु नै खुलारुपमा महिला उम्मेदवारलाई सहयोग गर्न नदेखिनुले महिलाहरुको मुद्धामाथी कत्तिको आवाज उठाइएको छ भन्ने प्रष्ट यो निर्वाचनले देखाएको छ ।’ भनेर उल्लेख गर्नुभएको छ । काँग्रेसको जग भनेको वडा भएको उल्लेख गर्दै वगालेले सामाजिक सञ्जालमा सोही वडालाई आधार मानेर महिला संघको केन्द्रीय उपाध्यक्ष, जिल्ला अध्यक्ष, नगर अध्यक्ष भएको वडामा वडा सभापतिमा महिलालाई नेतृत्वमा आउन हौसला प्रदान नगरेको संकेत गर्नुभएको छ ।

आफ्नो पनि केही कमजोरी रहेको होला भन्ने प्रश्न गर्दै महिला नेतृ वगालेले गम्भिर सुझाव नपाएको आरोप पनि लगाउनुभएको छ । महिला संघको केन्द्रीय उपाध्यक्ष, जिल्ला अध्यक्ष र नगर अध्यक्ष सोही वडाका महिला नेतृहरु हुनुहुन्छ ।सभापतिमा पराजित हुनुभएकी वगालेको वडामा नेपाल महिला संघको केन्द्रीय उपाध्यक्षमा सरस्वती अर्याल तिवारी, महिला संघ स्याङ्जाको अध्यक्षमा कल्पना तिवारी र महिला संघको नगर अध्यक्षमा सरिता पौडेल लम्साल रहनुभएको छ । वगालेको सामाजिक सञ्जालमा गरेको टिप्पणी यिनै महिला नेतृहरु प्रति लक्षित भएको देखिन्छ । उहाँले लेखेको सामाजिक सञ्जालको टिप्पणीमा भने महिला नेतृहरुको नाम खुलाउनुभएको छैन् । यसबाट महिलाहरुलाई नेतृत्वमा ल्याउन महिलाहरु नै बाधक भएको देखिन्छ ।वडा सभापतिको उमेदवार बनेकी महिला नेतृ सरस्वती वगालेले मतदान गर्दै