सङ्खुवासभा हत्याकाण्डका आरोपी पक्राउ, आफन्तद्वारा हत्या


न्युज अफ, नेपाल, काठमाडौं ।

संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्यामा संलग्न रहेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । संखुवासभाको मादी नगरपालिका–१, खोला गाउँका तेजबहादुर कार्कीको परिवारका सदस्यको धारिलो हतियार प्रयोग गरी  एकै परिवारका ६ जनाको सोमबार बिहान सामूहिक हत्या भएको थियो।

मादी हत्याकाण्डका आरोपी एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले छिमेकीलाई पक्राउ गरेको हो।आरोपित हत्यारा उनीहरूका आफन्तै रहेको प्रहरी स्रोतले बताएको छ। आरोपितले आफूले हत्या गरेको स्वीकार गरेका छन्। यद्यपि अनुसन्धानकै क्रममा रहेकाले प्रहरीले आरोपितको नाम भने खुलाएको छैन।

५८ वर्षीया तेजबहादुर कार्की, उनकी आमा ८० वर्षीया पार्वता कार्की, श्रीमती ५६ वर्षीया मनमाया कार्की, २८ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाती दिपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको थियो।