प्रधानमन्त्री देउवाभन्दा अघि नै ओली भेट्दै एमसीसी टोली


न्युज अफ नेपाल, काठमाडौं ।

चार दिने नेपाल भ्रमणका लागि काठमाडौँ आइपुगेकी अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारले एमाले अध्यक्ष केपी ओलीलाई भेट्दै छिन् ।

बिहीबार बिहान काठमाडौं आइपुगेकी फातिमाले ओलीलाई दिउँसो भेट गर्न लागेकी हुन् । एमसीसी उपाध्यक्ष फातिमाले दिउँसो २ बजे बालकोटमा ओलीलाई भेट्ने कार्यक्रम रहेको छ ।ओलीसँगको भेटपछि फातिमाले भोलि शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ । प्रधानमन्त्रीसँगको भेटको समय भने तय भएको छैन ।