फेरि बसेको प्रतिनिधिसभा बैठकमा एमालेको नाराबाजी



न्युज अफ नेपाल, काठमाडौं ।

एमालेको अवरोधपछि केही समय स्थगित भएको प्रतिनिधिसभाको बैठक फेरि सुरु भएको छ । तर, एमाले सांसदहरुले उठेर नाराबाजी गरिरहेका छन् । एमाले सांसदहरुले नाराबाजी जारी राखेपछि बैठक कार्यसूचीमा प्रवेश गर्न पाएको छैन ।

एमाले विभाजनमा सभामुखले सहयोगी बनेको एमालेले आरोप लगाएको छ । एमालेले यस्तो आरोप लगाएपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठकमा सभामुखको भूमिकालाई लिएर प्रश्न गर्न नपाइने प्रतिनिधिसभाको नियमावलीको व्यवस्थातर्फ ध्यानाकर्षण गराएका थिए ।

एमाले सांसदहरुले लागतार नाराबाजी गरेपछि एमाले सांसदहरुको मागबारे आफ्नो ध्यानाकर्षण भएको भन्दै सभामुखले बैठक सञ्चालनका लागि सहयोग गर्न रुलिङ गरे पनि एमालेको नाराबाजी जारी छ ।

प्रतिक्रिया दिनुहोस्