एमालेकाे विरोधप्रति सभामुख सापकोटाकाे आक्रोश


न्युज अफ नेपाल,काठमाडौं ।

बुधबार सुरु भएको संसदको पहिलो बैठकमै एमाले सांसदहरुले प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाको विरोध गरे ।बैठक सुरु हुनासाथ एमालेका सांसदहरु रोष्टम घेराउ गर्न पुगेका थिए । प्रतिनिधिसभाको बैठकको सुरुमै सभामुख सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट संघीय संसद् अधिवेशन आह्वान गरेको प्राप्त पत्र पढेर सुनाउन नथाल्दै एमालेका सांसदहरू उठेर नाराबाजी गर्न थाले ।

त्यसपछि सभामुखले एमालेका प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्न समय दिएका थिए । एमालेले कारबाही गरेका १४ जना सांसदहरुलाई पदमुक्त नगरेको भन्दै एमाले विभाजनमा सभामुखले सहयोग गरेको आरोप लगाए । यतिपछि उनले यो विषयमा प्रष्ट नपारेसम्म संसद बैठक चल्न नदिने बताए ।

त्यसपछि एमाले सांसदहरु आ आफ्नो ठाउँबाट उठेर नाराबाजी सुरु गरे । एमाले सांसदहरु नाराबाजीमा लागिरहेका बेला सभामुख सापकोटाले भने १४ जना सांसदमाथि कारबाहीको सूचना किन नटासिएको हो भन्ने विषयमा प्रतिनिधिसभा नियामवली पढेर सुनाए । तर एमाले सांसदहरुले सभामुखको कुरा सुनेन् । त्यतिबेलासम्म नम्र देखिएका सभामुख सापकोटा एकाएक जंगिए । उनले आक्रोशित भएर भने, ‘माननयि सांसदहरु नियामवलीको नियम २१ तर्फ ध्यानाकर्षण गराउँछु । संसदको मर्यादा ख्याल गर्नुहोस् ।’सभाुमखले प्रनिनिधिसभा नियामवलीको नियम २१ को खण्ड ख र ग ध्यानाकर्षण गराएका थिए ।