‘एमसीसी उपयोग गरेर गठबन्धन फुटाउने तयारी हुँदैछ’


न्युज अफ नेपाल, काठमाडौ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमसीसीलाई हतियार बनाएर गठबन्धन फुटाउने षडयन्त्र भइरहेको दाबी गरेका छन् ।

सुरेश वाग्ले बासु र भीमसेन पोखरेल वैरागीको २३औँ स्मृतिमा बुधबार आयोजित कार्यक्रममा बोल्दै दाहालले अमेरिकी सहायत परियोजना(एमसीसी)लाई उचालेर गठबन्धन फुटाउने प्रयत्न जोडदाररूपमा भइरहेको बताए ।

‘एमसीसी प्रयोग गरेर सत्तारुढ गठबन्धन फुटाउने षड्यन्त्र भइरहेको छ,’ उनले भने, ‘देशभित्र र बाह्य केही शक्ति केन्द्र हात धोएरै यसमा लागेका छन् ।’माओवादी केन्द्रलाई घेरा हालेर सिध्याउने षड्यन्त्र पनि भइरहँदा पार्टीलाई रुपान्तरण गर्न नेतृत्वले दबाब सिर्जना गर्ने अवस्था आएको पनि उनले गुनासो गरे ।