पर्वतमा एकीकृत समाजवादी शून्य, सबै जनप्रतिनिधि एमालेमा


पर्वत ।

नेकपा एमालेबाट निर्वाचित २ सय २जनप्रतिनिधि मध्ये २ सय जना एमालेमै बसेका छन । एमालेका एक वडा अध्यक्ष सहित २ जनाले मात्रै समाजवादी रोजेका छन ।

सनाखत गर्ने अन्तिम दिन एमालेबाट निर्वाचित स्थानीय तहका २ जना जनप्रतिनिधि मात्र माधव नेपालको समाजवादी पाटीमा आवद्ध भएका हुन् । एकिकत समाजबादी रोज्ने जनप्रतिनिधीको संख्या  दशमलब ९९ प्रतिशत मात्रै भएको छ ।जिल्ला निर्वाचन कार्यालयका प्रमुख लक्षु शर्माका अनुसार कुश्मा नगरपालिका वडा नं. १४ का वडाअध्यक्ष भिमप्रसाद गुरुङ र फलेवास नगरपालिका ४ मुडिकुवाका वडा सदस्य बालचन्द्र नेपालीले समाजवादी पाटी रोजेका छन् ।
पर्वतमा एमालेबाट संघीय संसद, प्रदेशसभा, जिल्ला समन्वय समिति र स्थानिय तहमा गरि कुल २ सय २ जना जनप्रतिनिधि  निर्वाचित भएका थिए ।

संघीय संसदमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रतिनिधिसभा सदस्य पदम गिरी पनि एमालेमै रहेका छन भने प्रदेशसभा सदस्य विकास लम्साल र जुनादेबी नेपालीले पनि एमालेमै बस्ने निर्णय गरेका छन । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना अहिले पार्टी सदस्य नरहेपनि उहाँको समर्थन एमालेमै छ । जिल्ला समन्वय समितिका प्रमुख मनोहर बिश्वकर्मा पौडेल र उप्रमुख यामकुमारी राना सहित सबै ९ जना नै एमालेमा नै रहनुभएको छ ।
यसैगरी एमालेले चार वटा स्थानिय तहमा प्रमुख र उपप्रमुख सहित बिजय हासिल गरेको थियो ।

यस अघि माधब नेपाल समुह संग निकट रहेका फलेबास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले पनि एमालेमै बस्ने निर्णय गर्नुभएको छ भने फलेबास नगरपालिका उपप्रमुख मञ्जु अधिकारी, महाशिला गाउँपालिकाका प्रमुख राजुप्रसाद पौडेल, उपप्रमुख हिराकुमारी थापा, बिहादी गाउँपालिका प्रमुख कमलप्रसाद भुसाल र उपप्रमुख डम्बरकुमारी गुरुङ्ग, मोदी गाउँपालिकाका प्रमुख प्रेम पौडेल र उपप्रमुख सेती महतले पनि एमाले नै रोज्नु भएको छ ।तत्कालीन अवस्थामा एमालेले जिल्लाका ६१ वटा मध्ये ३७ वटा वडामा वडाअध्यक्ष जितेको थियो । एक जना वडा अध्यक्ष मात्रै एकिकृत समाजबादीमा लागेका छन । ३७ मध्ये केहि वडामा सदस्यहरु हारे पनि एमालेले वडाअध्यक्ष हारेको २ वटा वडाहरुमा वडा सदस्य जितेको थियो ।

कार्यपालीका सदस्य तथा वार्ड सदस्यहरु गरि एमालेबाट १ सय ४४ जना निर्वाचित भएकोमा एकिकृत समाजबादीमा एक जना सदस्यले मात्रै सनाखत गरेका छन ।यस अघि तत्कालिन एमालेको जिल्लाका कमिटीका सबै पदाधिकारी पनि एमालेमै रहेका छन भने जिल्ला कमिटीका अधिकाँश सदस्य एकिकृत समाजबादीमा नजाने निर्णयमा पुगिसेकका छन ।