पेलेको शल्यक्रिया सफल


लन्डन, (एजेन्सी) ।

ब्राजिलका लेजेन्ड फुटबलर पेलेको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ ।

पेलेको पेटमा ट्युमर देखिएपछि त्यसलाई हटाउन शल्यक्रिया गरिएको थियो । ८० वर्षीय पेले ६ दिनदेखि अस्पतालमा थिए । उनले सोमबार सामाजिक सञ्जालमा पोस्ट गर्दै शनिबार ट्युमर घाउ हटाउन शल्यक्रिया गरेको बताएका थिए । पूर्वखेलाडी सान्तोस र न्यूयोर्क कोस्मोसका फरवार्डले उनी ६ दिन पहिले बेहोस भएको रिपोर्टलाई अस्वीकार गरेका छन् ।

पेलेले आफ्नो ठूलो आन्द्रामा ट्युमर भएको र गत हप्ता परीक्षणमा पत्ता लागेको बताएका छन् । उनको स्वास्थ्य हालैका वर्षहरूमा चिन्ताको विषय बनेको छ । उनले सन् २०१५ मा प्रोस्टेटको शल्यक्रिया गरेका थिए । त्यसको ६ महिनामा दोस्रोपटक अस्पताल भर्ना भएका थिए । उनी २०१९ मा मूत्र संक्रमणको समस्याका कारण पुनः अस्पताल भर्ना भएका थिए ।

लगातार ३ पटकका विश्वकप विजेता ब्राजिलका महान् खेलाडी उनी आफ्नो देशका लागि सर्वाधिक गोलकर्ता हुन् र चार फरक फिफा विश्वकपमा गोल गर्ने चार खेलाडीमध्ये एक हुन् । गिनिज बुक अफ वल्र्ड रेकर्ड्सका अनुसार उनले आफ्नो करियरको दौरान १ हजार ३ सय ६३ म्याच खेल्दै १ हजार २ सय ७९ गोल गरेका थिए । जसमध्ये उनले ब्राजिलका लागि ९१ अन्तर्राष्ट्रिय खेलमा ७७ गोल गरेका छन् ।