पपुवा न्युगिनीविरुद्धको खेलमा नेपाल २ विकेटले विजयी


न्युज अफ नेपाल, काठमाडौं ।

नेपालले पपुवा न्युगिनी (एनजी)विरुद्धको पहिलो अन्तराष्ट्रिय एकदिवसीय क्रिकेटमा जित हात पारेको छ ।ओमानको अल अमिरात क्रिकेट मैदानमा मंगलबार नेपालले पीएनजीलाई २ विकेटले पराजित गरेको हो । पीएनजीले दिएको १ सय ३५ रनको सामान्य लक्ष्य नेपालले ३९ ओभर ३ बलमा ८ विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितका लागि रोहित कुमार पौडेल र सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गरेका थिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ३३ ओभरमा अलआउट हुँदै १ सय ३४ रन बनाएको थियो ।पीएनजीका लागि सिआकाले सर्वाधिक ३० रन बनाए । सन्दीप एक्लैले लिए ४ विकेट लिएका छन्  । भने यस्तै कुशल मल्लले २ तथा सोमपाल कामीले एक विकेट लिए हुन । नेपाल र पीएनजीबीचको दोस्रो खेल शुक्रबार हुनेछ ।