न्युज अफ नेपाल , काठमाडौं ।
काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्रालयले परिवर्तन गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको मन्त्रीस्तरीय निर्णयबाट कालीप्रसाद पराजुलीलाई हटाएर गोविन्दप्रसाद रिजाललाई नयाँ प्रजिअका रूपमा ल्याइएको हो ।
रिजाल विगत ४ महिनादेखि गृहमन्त्रालयको प्रशासन महाशाखा प्रमुखका रूपमा कार्यरत थिए । यसअघि उनी २०७७ साल कात्तिक ३ गतेदेखि २०७८ वैशाख २ गतेसम्म मकवानपुरका प्रजिअ रहिसकेका छन् । यस्तै उनले करिब २ वर्ष दाङको प्रजिअ भएर पनि काम गरेका थिए ।
प्रतिक्रिया