जनप्रतिनिधिलाई दल रोज्न दिइएको समय आज सकिंदै


न्युज अफ नेपाल ,काठमाडौँ ।

निर्वाचन आयोगले नेकपा एमाले र एकीकृत समाजवादी विभाजन भएपछि जनप्रतिनिधिलाई दल रोज्नका लागि दिएको समय आज सकिँदै छ ।

एमाले विभाजन भएर माधव नेपालको नेतृत्वमा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी गठन भएपछि आयोगले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई विभाजित दल रोज्न दिएको समयको आज अन्तिम दिन हो ।२० प्रतिशत सांसद तथा केन्द्रीय सदस्य भएकै आधारमा दल विभाजन गर्न मिल्ने गरी सरकारले सिफारिस गरेको अध्यादेश राष्ट्रपतिले भदौ २ मा जारी गरेपछि नेकपा एमाले र जनता समाजवादी विभाजन भएका थिए ।

यसअवधिमा सातवटै प्रदेशका प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिले धमाधम विभाजित पार्टी रोजिरहेका छन् ।माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा प्रदेशमा पनि २२ प्रतिशत जनप्रतिनिधि पुगेको उक्त पार्टीका नेताहरुले बताएका छन् । प्रदेश २ र सुदूरपश्चिम प्रदेशमा एमालेभन्दा एकीकृत समाजवादी ठूलो दल बनिसकेको छ ।