तालिबानद्धारा नयाँ सरकार घोषणाको तयारी


 

न्युज अफ नेपाल, काबुल ।

तालिबानले नयाँ सरकार घोषणाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । सोमबार बेलुकासम्म लगभग सरकार गठनले आकार लिइसकेको जनाइएको छ ।

सरकार बनाउनुअघि तालिबानले आफू निकटका ६ मुलुकका प्रतिनिधिलाई समारोहमा बोलाएको छ । सम्भवतः तालिबानले गठन गर्ने अफगानिस्तानको नयाँ सरकारमा ६ वटा मुलुकका प्रतिनिधि सहभागि हुने जनाइएको छ ।

इरान, टर्की, रुस, चीन, पाकिस्तान र कतारलाई समारोहमा बोलाइएको छ । आफूसँग राम्रो सम्बन्ध भएका मुलुकका प्रतिनिधिलाई तालिबानले निम्तो दिएको हो जसमा रुस र चीन पनि सामेल छन् ।