संखुवासभामा ५ जनाको बिभत्स हत्या


न्युज अफ नेपाल ,काठमाडौं ।

संखुवासभा जिल्लाको मादी नगरपालिकामा ५ जनाको हत्या भएको छ । सोमबार बिहान अन्दाजी २ बजेतिर अज्ञात समूहले आएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

हत्या हुनेमा ५८ वर्षीय तेज कुमार कार्की (हजुरबुवा), ५१ वर्षीय मन माया कार्की (हजुरआमा), २६ वर्षीय रञ्जना घिमिरे कार्की (बुहारी), ९ वर्षीय दिपने कार्की (नाति) र ३ वर्षीय गोमा कार्की (नातिनी) रहेका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।