सेयर कर्जाको सीमा हटाउन भन्दै गभर्नरको राजीनामा माग


न्युज अफ नेपाल ,काठमाडौं ।

सेयर बजारमा राष्ट्र बैंकको नीतिले असर पुर्‍याएको भन्दै लगानीकर्ताले गभर्नर महाप्रसाद अधिकारीको राजीनामा मागेका छन् ।

पुँजीबजार सुधार संघर्ष समितिले गभर्नर महाप्रसाद अभिकारीसमक्ष तुरुन्त निर्णय फिर्ता गर्नुपर्ने त्यसो नभएमा राजीनामा दिनुपर्ने बताएका छन् । यदि गभर्नरले निर्णय नसच्याए देशभरबाट लगानीकर्ता आएर राष्ट्र बैंक घेराउ गर्ने चेतावनी दिएका छन् ।

मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले सेयर धितोकर्जामा ४ देखि १२ करोड रूपैयाँको सीमा तोकेको छ । गभर्नरले भने राष्ट्र बैंकले ल्याएको सेयर कर्जा नीतिले समग्र पुँजी बजारलाई माथि उठाउने बताउँदै आएका छन् ।उनले यो निर्णयले साना लगानीकर्तालाई समेत फाइदा हुने दावी गरेका छन् ।