कुलमानको नियुक्तिविरुद्धको रिट सुनुवाई हुँदै, प्रधानन्यायाधीश राणाले नै हेर्दै


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्ति गरिएकोमा त्यसका विरुद्ध परेको रिटमा आज सुनुवाई हुँदैछ ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्राधिकरणको कार्यकारी निर्देशकमा शाक्यलाई नियुक्ति गरेकोमा अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले उनलाई हटाएर पूर्व कार्यकारी निर्देशक घिसिङलाई नियुक्ति गरेको थियो ।

कार्यकारी निर्देशकबाट कानुन विपरित हटाइएको भन्दै शाक्य अदालत पुगेको थिए । उनले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए ।निर्देशकमा घिसिङलाई गरिएको नियुक्तिविरूद्ध परेको रिटमाथि सुनुवाइका लागि आज पेशी तोकिएको हो । घिसिङको नियुक्तिविरुद्ध दायर रिटको सुनुवाइ प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासमा परेको छ ।