विकट क्षेत्रको सुन्दर ‘खानीखोला’ जहाँका नागरिकको औषत आयु ७५ वर्ष छ

5.6k
Shares

मोतीराम तिमल्सिना, खानीखोला, काभ्रे ।

विकट क्षेत्र खानीखोला गाउँपालिकाले नीति तथा कार्यक्रम र योजनामा बाल तथा मातृ मृत्युदर न्यून बनाउने लक्ष्य लिएको छ । सोहि लक्ष्यका लागि गाउँपालिकाले विभिन्न योजना निर्माण गरेको छ । स्तरीय प्रसुती सेन्टर, डाक्टर सहितको दक्ष जनशक्ति र पूर्वाधार निर्माण, निर्वाध सञ्चालन हुने सडक सञ्जालको नियमितता र नियमित एम्बुलेन्स सञ्चालन गर्ने कार्ययोजना निर्माण गरेको छ ।

राष्ट्रपति उद्धार कोष मार्फत हेलिकप्टरको सेवाका लागि पनि पहल गर्ने निर्णय गरेको गाउँपालिकाले यस अघि पालिकाकै खर्चमा सुत्केरी हुन नसकेका महिलाहरुको उद्धार गरेको छ । खानीखोला गाउँपालिका अध्यक्ष कृष्ण खुलालले पालिकाले तय गरेका योजनाहरु क्रमशः पुरा गर्दै खानीखोलामा बाल तथा मातृ मृत्युदर शुन्य बनाउने प्रयास गरिएको बताउनु भयो ।

गाउँपालिकाले आगामी पाँच बर्ष भित्र गाउँपालिकाका नागरिकहरुको प्रति व्यक्ति औसत आम्दानी एक हजार एक सय ५० रुपैया अमेरिकी डलर पु¥याउने लक्ष्य राखिएको अध्यक्ष खुलालले बताउनु भयो । गाउँपालिकावासीको औसत आयु ७५ बर्ष पु¥याउने, बाल मृत्युदर र मातृ मृत्युदर न्यून पु¥याउने, वालश्रम मुक्त र वातावरण मैत्री हरित गाउँ निर्माण गर्ने, खुल्ला दिशा मुक्त क्षेत्र घोषणा भएकोले पूर्ण सरसफाई युक्त गाउँ निर्माण गर्ने निर्णय गरेको अध्यक्ष खुलालले बताउनु भयो ।

‘आर्थिक, सामाजिक,पूर्वाधार विकास तथा प्राकृतिक श्रोत साधनको समुचित परिचालन सहित संस्थागत विकास, समृद्ध खानीखोला गाउँपालिका निर्माण हाम्रो सशक्त अभियान’ खानीखोला गाउँपालिको दीर्घकालीन सोच रहेको छ । आर्थिक उपार्जन तथा सामाजिक परिवर्तन सहित पूर्वाधार विकास,गरिवी न्यूनीकरणको लागी श्रम सिर्जना उत्पादन र रोजगार सहितको दिगो विकास खानीखोला गाउँपालिकाको लक्ष्य रहेको अध्यक्ष खुलालले जानकारी दिनु भयो । खानीखोला गाउँपालिकाले मेरो गाउँ म आफै वनाउँछु, विकास निर्माणको मूल फुटाउँछु भन्ने नाराका साथ सुन्दर र समृद्ध गाउँपालिका निर्माण हाम्रो सशक्त अभियानमा सवै गाउँबासिहरुलाई सहभागी गराउने विशेष नीति लिएको छ ।


सबै वडा कार्यालयको केन्द्रमा यातायात संचालन हुने गरी सडक संजालले जोड्ने, क्रमशः निर्माण
भएका सडकहरुको मर्मत सुधार गरी टोल वस्तीहरुमा सडक व्यवस्थित गर्दै लैजाने, राष्ट्रिय विद्युत प्रशारण लाइनको विस्तार छिटो गर्न पहल गर्ने र स्थानीय लघु जलविद्युत आयोजनाको मर्मत साथै पुनःनिर्माण गर्ने, ताल्ढुंगामा प्राथमिक अस्पताल सञ्चालन गर्नको लागी समयमा नै भवन निर्माण सम्पन्न गर्ने, महामारीको रुपमा रहेको कोरोना भाईरसको रोकथाम र नियन्त्रणको लागी आवश्याक कार्यक्रम सञ्चालन गर्ने र गाउँपालिका भित्रमा रहेका स्वास्थ्य चौकीहरुलाई सुविधायुक्त सेवा प्रदायक संस्थाको रुपमा विकास गर्ने, सवै वडामा सञ्चालित विद्यालयहरुमा गुणस्तरीय शिक्षाको प्रत्याभुती दिलाउने कार्यमा सहयोग गर्ने र वालमैत्री शिक्षण विधि अवलम्वन गर्ने, सवैलाई सुरक्षित पिउने पानी पु¥याउने अबधारणा अनुरुप आवश्यक स्थानमा एकीकृत खानेपानी उपलब्ध गराउने, गाउँपालिका र वडा कार्यालयको लागि जग्गा व्यवस्थापन गरी कार्यालय भवन निर्माण छिटो गर्ने र निर्माधिनमा रहेको वडा कार्यालय भवन समयमा नै सम्पन्न गर्ने निर्णय गरेको अध्यक्ष खुलालले जानकारी दिनु भयो ।

कृषिलाई आधुनिकीकरण गर्दै नगदे वाली उत्पादन गर्न आवश्यक स्थानमा सिंचाई सञ्चालन गरी कृषकलाई आय आर्जनमा वृद्धि गर्न पहल गर्ने, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत खानीखोला गाउँपालिकामा कफी पकेट, वाख्रा पालनको पकेट, मत्स्य विकास कार्यक्रम आर्थिक विकास हुने खालका कार्यक्रम सञ्चालन गर्ने, प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरी वेरोजगार युवाहरुलाई रोजगारी दिने कार्यक्रम सञ्चालन गर्ने, युवाहरुको लागी युवा तथा खेलकुद विकास समिति मार्फत युवाहरुको सशक्त कार्यक्रम सञ्चालन गर्ने योजनालाई बजेटले प्राथमिकतामा राखेको छ ।

सामाजिक सुरक्षा भत्ता सहज तरिकाले वितरण तथा उपलब्ध गर्ने, कृषि क्षेत्रमा आधुनिकीकरण तथा आय आर्जन वृद्धि गर्न आवश्यकता र बस्तीको वातावरणमा मेल खाने खालको नगदेवाली तथा फलफुल खेती विकास तथा विस्तार गर्न फलफूल नर्सरी स्थापना गर्ने, पर्यटन विकासको लागि मठ मन्दिर लगायत भौतिक पूर्वाधारको विकास गर्ने, पशुपालक कृषकहरुलाई व्यवसायिक तथा नश्ल सुधार कार्यक्रमका लागि आवश्यक सहयोग गर्ने, वन वातावरण तथा जलवायु परिवर्तन सम्वन्धि कार्यक्रम सञ्चालन गर्ने, लक्षित वर्गको लागि महिला, वालवालिका, युवा तथा खेलकुद, दलित, आदीवासी जनजातीहरुका लागि आय आर्जन सम्वन्धि कार्यक्रम सञ्चालन गर्ने, सहकारी प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने, नमुना वडा बालमैत्री र वातावरणमैत्री गाउँ निर्माणको लागी कार्यक्रमहरु सञ्चालन गर्ने, बालश्रम मुक्त गाउँ निर्माणमा आवश्यक सहयोग गर्ने, पूर्ण सरसफाईका लागि आवश्यक कार्यक्रमहरु सञ्चालन गर्ने, गाउँपालिका तथा वडा कार्यालयवाट प्रवाह हुने सेवा तथा कार्यक्रमलाई प्रभावकारी वनाउन आवश्यक व्यवस्थापन गर्ने, सामाजिक न्याय सम्वन्धि कार्यक्रम संचालनको लागि आवश्यक व्यवस्थापनको लागी कार्यक्रम सञ्चालन गर्ने, वाल विवाह,वहु विवाह रोक्न आवश्यक कार्यक्रम सञ्चालन गर्ने, वडा तथा गाउँपालिकाको केन्द्रलाई व्यवस्थित वस्ती विकासको लागि पहल गर्ने कार्यक्रम प्राथमिकतामा परेको छ ।


आय आर्जनमा वृद्धि गर्नको लागी स्थानीय तहमा रहेको वैंक तथा वित्तिय आर्थिक कारोवार गर्ने
निकायवाट यस गाउँपालिकामा रहेको कृषि व्यवसायी,व्यापार व्यावसायी,उद्योगी लगायतलाई सहुलियत कर्जाको लागी पहल गर्ने, खानीखोला गाउँपालिकाका विभिन्न क्षेत्रमा स्वच्छ सुरक्षित खानेपानी पु¥याउन डिपिआर भएका विभिन्न विकास साझेदार सरकारी तथा गैरसरकारी संघसंस्थाहरुसँग सहकार्य गरि कार्यक्रम सञ्चालनको लागी पहल गर्ने, खानीखोला गाउँपालिकाको केन्द्र ताल्ढुंगामा ताल्ढुंगा प्राथमिक स्वास्थ्य केन्द्रको सञ्चालन गरी अन्य वडामा रहेका स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाईमा नेपाल सरकारवाट स्वीकृत हुने औषधीहरू अभाव हुन नदिने गरी थप वजेट विनियोजन गरेको छ ।

स्वास्थ्य चौकीहरुको सु–संचालन, क्षमता विकास तथा महिला स्वास्थ्य स्वयम सेविकाहरुको क्षमता विकासमा सहयोग पु¥याउने लगायत समग्र स्वास्थ्य क्षेत्रको विकासको लागि विभिन्न गैसस तथा सरकारी निकायसँग साझेदारी गरी कार्यक्रम सञ्चालन गरिनेछ । साथै कार्यरत उमेर हद नाघेका स्वयमसेवीकाहरुलाई सम्मानजनक विदाई गर्ने, खानीखोला गाउँपालिका भित्र वसोवास गर्ने जनताहरुलाई ग्रसित रोग लागेर नेपाल सरकारले अनुदान दिने विशेष प्रकारको ८ वटा रोग नियन्त्रणको लागी र आर्थिक अवस्था कमजोर भएको व्यक्तिलाई गाउँपालिकाले आर्थिक सहयता कार्यविधि अनुसार थप आर्थिक सहयोग गर्न बजेट विनियोजन गरेको छ ।

खानीखोला गाउँपालिका क्षेत्र भित्रका सवै विद्यालयमा अनुगमन तथा मुल्याङकन गर्ने पद्धति तिब्र रुपमा सञ्चालन गरिनेछ । सामुदायिक विद्यालयहरुमा प्रारम्भिक बाल विकास केन्द्र तथा पूर्ब प्राथमिक कक्षा बहु कक्षा बहुशिक्षण कक्षा सञ्चालन गर्न प्रोत्साहन गरिनेछ । ती केन्द्रहरुमा बालमैत्री क्षेत्र स्थापनाको सूचक बमोजिम कृयाकलाप सञ्चालन गर्ने योजनामा छ । कारोना भाइरस कोभिड १९ का कारण नियमित कक्षा सञ्चालन हुन नसकेमा वैकल्पिक उपाय अपनाई पठनपाठन गर्ने व्यवस्था मिलाएको छ ।

एकल महिला, अपाङ्गता भएका ब्यक्ति, द्धन्द पिडित, घरेलु महिला हिंसाबाट पिडीत तथा अति गरिब लगायत आर्थिक सामाजिक रुपमा पछाडि परेका परिवारका सदस्यहरुलाई स्वरोजगारमूलक तालिम कार्यक्रमहरु सञ्चालन गरि आर्थिक रुपमा सक्षम वनाउन पहल गर्न बजेट विनियोजन भएको उपाध्यक्ष रुकमणी गुरुङ्गले बताउनु भयो ।

खानीखोला गाउँपालिका समृद्धिकोे आधारः श्रम सिर्जना उत्पादन र रोजगार भन्ने सोचका साथ प्रधामन्त्री रोजगार कार्यक्रमलाई स्थानीय तहमा दर्ता भएका वेरोजगार व्यक्तिहरुलाई न्यूनतम रोजगारीको प्रत्याभूति गर्नका लागी कामका लागी पारिश्रमिक अनुदान सञ्चालन गरी श्रममूलक आयोजना मार्पmत समुदायको विकास सगैं सामाजिक संरक्षणको प्रत्याभूति गराइनेछ ।

युवा रोजगारीका लागी रुपान्तरण पहल आयोजना तथा कामका लागी पारिश्रमिक आधारित सामुदायिक आयोजना सञ्चालनलाई थप सशक्त रुपमा कार्यन्वयन गर्नेछ । आफ्नो माटो चिनौ, आफ्नो गाउँ वनाऔं स्वावलम्वन अभियान सञ्चालन गरी वेरोजगार युवाहरुलाई रोजगारीका अवसर पहिचानमा सहजीकरण गर्ने योजना बनाएको छ । गरिनेछ । खानीखोला रोजगार सेवा केन्द्रमा सुचिकृत बेरोजगार श्रमिकहरुलाई रोजगार दिनको लागी कम्तीमा वडा भित्र ३ लाख भन्दा माथि वजेटको व्यवस्था गरिएको छ ।

संघ, प्रदेश र स्थानीय तहवाट ठेक्का पट्टा र उपभोक्ता समिति वाट निर्माण हुने आयोजनामा रोजगार सेवा केन्द्रमा सुचिकृत भएका वेरोजगारहरु वाट नै निर्माण कार्य गर्न लगाइने व्यवस्था गर्नेछ । वेरोजगार ब्यक्तिहरुको ज्ञान, सिप,योग्यता,अनुभव र वजारको मागको आधारमा आवश्यक पर्ने सिप विकास तालिमको पहिचान गरि सम्वन्धित निकाय तथा तालिम केन्द्रमा सिफारिस गर्नेछ ।

वातावरण मैत्री तथा दिगो विकासलाई संस्थागत गर्न सडक, खानेपानी तथा सरसफाई आयोजना र ठूलो आयोजना सञ्चालन गर्दा विस्तृत अध्ययन प्रतिवेदन तयार गरेर मात्र कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ । खानीखोला गाउँपालिका भित्र निर्माण भएका सडकहरुलाई आकस्मिक मर्मत सुधार गर्नु पर्ने अवस्थाको सम्वोधन गर्न विशेष सडक मर्मत सम्भार कोष र सडक मर्मत सम्भार कोषको व्यवस्था गरेको छ ।

गाउँपालिकाको केन्द्र ताल्ढुंगालाई जिल्ला सदरमुकाम वा जिल्ला भित्रकै कालो पत्रे सडकसँग जोड्नको लागी र वडा कार्यालयको केन्द्रहरुलाई गाउँपालिकाको केन्द्र सम्म जोड्नका लागि सडक विस्तार कार्यलाई प्राथमिकताका दिई वाह्रै महिना सञ्चालनको लागि स्तरोन्नती अवधारणाका साथ चालु आर्थिक वर्षलाई सडक विस्तार तथा स्तर उन्नती वर्षको रुपमा अगाडी वढाएको छ ।

खानीखोला गाउँपालिकाको सवै वडामा पूर्वाधार विकासको क्षेत्रमा प्राथमिकताको आधारमा आवश्यकताको प्राथमिकता पहिचान गरि वजेट विनियोजन गरेको छ । गाउँपालिकाको सवै वडामा जोड्ने ताल्ढुंगा जैविक चक्रपथको रुपमा विकास गर्न विशेष पहल गर्न बजेट र कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । विपद तथा अन्य योजना, पुल, सिंचाई तथा खानेपानीका कार्यक्रम पनि प्राथमिकतामा परेका छन् ।