टिम चण्डेश्वरीलाई गजराज कप


काठमाडौं, (नेस) ।

टोखास्थित टिम चण्डेश्वरीले ‘गजराज जोशी स्मृति कप २०२१ गल्र्स क्रिकेट फ्रेन्डली सिरिज’को उपाधि उचालेको छ ।

नेपालको पहिलो धावक स्व. गजराज जोशीको जन्मजयन्तीको उपलक्ष्यमा गजराज जोशी ट्रस्टद्वारा आयोजना गरिएकोको गल्र्स क्रिकेट फ्रेन्डलीमा टिम सरस्वतीमाथि २–१ को अग्रतासँगै तीन खेलको सिरिजमा कब्जा जमाएको हो । गोल्फुटारस्थित रोयल इन्डोर क्रिकेट एकेडेमीमा भएको पहिलो खेलमा टिम सरस्वतीले ६ विकेटको जित निकाल्यो ।

टस जितेर बलिङ रोजेको सरस्वतीले चण्डेश्वरीलाई ५ विकेटको क्षतिमा ६८ रनमा रोक्न सफल भएको थियो । चण्डेश्वरीका संस्कृति फुयाँलले १५ बलमा २ छक्काको मद्दतमा १८ रन र विपिशा शाहीले १० बलमा १ चौकाको मद्दतले १४ रन जोडे । टिम सरस्वतीका प्रकृति पोखरेलले ३ ओभरमा २२ रन दिएर एक विकेट र अस्मिता खरेलले ३ ओभरमा १५ रन खर्चिंदै एक विकेट हात पारे ।

६९ रनको लक्ष्यका साथ मैदान उत्रेको टिम सरस्वतीले १० ओभरमा १ विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो । सरस्वतीका ‘प्लेयर अफ दि म्याच’ विन्दा कटुवालले ३३ बलमा १ छक्का र १ चौकाको मद्दतले ४० रन र हेलिशा गुरुङले १६ बलमा १३ रन जोडिन् । चण्डेश्वरीकी विपिशा शाहीले २ ओभरमा १ विकेटका साथ १२ रन खर्चिन् । खेल १२ ओभरको थियो ।

सिरिजको दोश्रो खेलमा टिम चण्डेश्वरीले ६ रनको जित निकाल्यो । टस हारेर पहिले ब्याटिङ गरेको चण्डेश्वरीले ८.१ ओभरमा सबै ७ विकेट गुमाउँदै ७७ रन जोड्यो । ‘प्लेयर अफ दि म्याच’ डल्ली भट्टले ११ बलको सामना गर्दै २ छक्काको मद्दतले २१ रन जोडिन् । यस्तै, संस्कृति फुयाँलले २२ बलमा १ छक्काको मद्दतले १६ रन र खुसी डंगोलले १२ बलमा १ छक्का मद्दतले १२ रन जोडे । बलिङतर्फ सरस्वतीका कृष्मा गुरुङले २.१ ओभरमा ११ रन खर्चिंदै ३ विकेट र प्रकृति पोखरेलले ३ ओभरमा २९ रन खर्चंदै २ विकेट हासिल गरे ।

७८ रनको लक्ष्य पछ्याउने क्रममा टिम सरस्वती १२ ओभरमा पूरै ७ विकेट गुमाउँदै ७१ रनमा समेटियो । सरस्वतीका हेलिशा गुरुङले ३६ बलमा १ छक्को मद्दतले २९ रन र विन्दा कटुवालले २० बलमा १ चौकाको मद्दतले २२ रन जोडे । बलिङतर्फ चण्डेश्वरीका डल्ली भट्टले ३ ओभरमा १२ रन खर्चंदै १ विकेट र विपिशा शाहीले ३ ओभरमा १८ रन खर्चंदै १ विकेट हासिल गरे ।

सिरिजको तेश्रो तथा अन्तिम खेलमा चण्डेश्वरीले ७ रनको जित निकाल्दै सिरिजमाथि कब्जा जमायो । चण्डेश्वरीले टस जितेर पहिले ब्याटिङ रोज्दै ५.३ ओभरमा सबै ७ विकेट गुमाउँदै ३९ रन जोड्यो । उसका लागि ‘प्लेयर अफ दि म्याच’ सोनी पाख्रिनले ९ बलमा १ चौकाको मद्दतले १० रन र संस्कृति फुयाँलले ६ बलमा १ छक्का मद्दतले १० रन जोडे । बलिङतर्फ सरस्वतीकी प्रकृति पोखरेलले १ ओभरमा १६ रन खर्चंदै २ विकेट र अस्मिता खरेलले १ ओभरमा दुई रन खर्चंदै २ विकेट हात पारे ।

४० रनको लक्ष्यका साथ प्रतिउत्तरमा उत्रिएको सरस्वती ६.५ ओभरमा पूरै ७ विकेट गुमाउँदै ३२ रनमा समेटियो । सरस्वतीका लागि हेलिशा गुरुङले ६ रन र विन्दा कटुवालले ७ रन जोड्नु नै सर्वाधिक थियो । यस्तै, बलिङतर्फ चण्डेश्वरीका सोनी पाख्रिन र डल्ली भट्टले समान २ ओभरमा ६ रनका साथ २ विकेट हात पारे ।