जसपा उपेन्द्र यादव समुह भदौ २२ पछि सरकारमा सहभागी हुने


न्युज अफ नेपाल, काठमाडौँ ।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी भदौ २२ गतेपछि शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने बताएका छन्।

बिहीबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यादवले कठिन अवस्थामा बनेको सरकारले २२ गते पछि पूर्णता पाउने पनि बताए ।

गठबन्धन दलहरुबीच मन्त्रालय बाँडफाँड विषयमा कुनै विवाद नरहेको उनले जानकारी गराए । गठबन्धन दलबीच भएको सहमतिअनुसार नै सरकार सञ्चालन भएको भन्दै उनले सरकार सञ्चालनका विषयमा शीर्ष नेताबीच छलफल भइरहेको बताए ।