पूर्वसचिव श्रीकान्त रेग्मीको निधन


न्युज अफ नेपाल , काठमाडौं ।

पूर्वगृहसचिव श्रीकान्त रेग्मीको निधन भएको छ । रेग्मीको ७१ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको उनको परिवारले जनाएको छ।  उनी लामो समयदेखि मधुमेहका रोगी थिए । उनका दुइ छोरा छन् ।

२०३४ सालदेखि २०५९ सालसम्‍म सरकारी सेवामा रेग्‍मी संग्‍लन थिए । शाखा अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेका रेग्मी गृहप्रशासनमा लामो समय बिताएका थिए ।