‘बिग बोस’ विजेता सिद्धार्थ शुक्लाको निधन


न्युज अफ नेपाल काठमाडौं ।

भारतीय टेलिभिजन अभिनेता तथा बिग बोस १३ का विजेता सिद्धार्थ शुक्लाको मृत्यु भएको छ ।  हृयाघातबाट उनको निधन भएको हो । मुम्बई को कपुर अस्पतालले ४० वर्षीय सिद्धार्थको निधनको पुष्टि गरेको हो ।

भरातीय मिडिया एबीपीका अनुसार बुधबार राति सुत्नुअघि केही औषधि आएका शुक्ला बिहान बेहोस अवस्थामा देखिएका थिए । अस्पतालले हृदयाघातबाट उनको निधन भएको जनाएको छ ।उनी रियालिटी शो र सिरियलहरुमा निकै चर्चित बनेका थिए । सिद्धार्थ बिग बोस सिजन १३ का विजेता हुन् ।