प्रचण्ड र माधव नेपालबीच भेटर्वाता


न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ ।

माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार बिहान प्रचण्ड र नेपालबीच छलफल भएको हो । छलफल सरकारमा सहभागिता र सरकारका काममा केन्द्रित रहेको प्रचण्ड निकट स्रोतले बताएकाे छ ।

निर्वाचन आयोगले विभाजित पार्टीका जनप्रतिनिधिहरुलाई दल रोज्ने विकल्प भदौ २२ गतेसम्म दिएको छ । त्यसैले भदौ २२ पछि मात्रै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी सत्ता गठबन्धनका नेताहरुले गरेका छन् ।